Posts

Showing posts from December, 2017

एमाले स्थायी समिती बैठकका एजेण्डा के ?

Image
एमाले स्थायी समिती बैठकका एजेण्डा के ? काठमाडौं : निर्वाचन परिणाम सार्वजनिक भएपछि एमाले स्थायी समिती बैठक बिहीबार बस्दै छ । एमाले अध्यक्ष एवम् भावी प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका केपी शर्मा ओलीले स्थायी समिटीको बैठक आफ्नै निवास बालकोटमा बोलाएका हुन् । १ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु हुँदैछ । बैठकमा राष्ट्रपति समक्ष पेश भएको राष्ट्रिय सभा निर्वाचन अध्यादेश, नयाँ सरकार गठन, एमाले र माओवादीबीच पार्टी एकता, पार्टीको तर्फबाट प्रदेशसभा समानुपातिकका सांसदको नाम टुंगो लगाउने लगायत विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । शनिबारसम्मम निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको नाम बुझाउनुपर्ने भएकाले बैठकमा प्रदेशसभातर्फ समानुपातिक सांसदको नाम टुंगो लगाउने विषयले समेत प्राथमिकता पाउने छ । राष्ट्रिय सभा सम्बन्धी विधेयक पारित नहुँदा राजनीतिक गाँठो शीतल निवासमा पुगेर अड्किएको छ । एमालेको आजको बैठकले यी विषयमा महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ । सँगै बैठकमा अध्यक्ष ओलीले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटबारे जानकारी गराउ...

घुस लिंदा लिंदै पक्राउ परेका नायब सुब्बा पौडेल सहीत ३ जना विभागमा तानिए , ८० हजार सम्म लिएर नक्कली लाइसेन्स वनाएको खुलासा

Image
घुस लिंदा लिंदै पक्राउ परेका नायब सुब्बा पौडेल सहीत ३ जना विभागमा तानिए , ८० हजार सम्म लिएर नक्कली लाइसेन्स वनाएको खुलासा काठमाडौं : केही दिन अघि घुस लिंदा लिंदै पक्राउ परेका यातायात व्यवस्था विभाग सुकेधाराको लाइसेन्स कार्यालयका नायब सुब्बा यादव पौडेल सहित ३ कर्मचारीलाई विभागमा तानिएका छन् । कार्यालय प्रमुख सुन्दरप्रसाद भट्टराई र शाखा अधिकृत यमलाल ढकाल विभागमा तानिएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभागमा तानेर उनीहरुमाथि थप अनुसनधन गर्न अख्तियार दुरुपोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णय भएको छ । विदेशी लाइसेन्स नेपालीकरणका नाममा चरम लापरवाही गर्दै आर्थिक अनियमिताता गरेको ठहर भएपछि उनीहरुलाई विभागमा तानेर अख्तियारमा अनुसन्धानका लागि सिफारिस गरिएको विभागले जनाएको छ । कार्यालय स्थापना भएको ९ महिना नबित्दै त्यहाँका कार्यालय प्रमुख भट्टराईको संलग्नतामा २६ सय विदेशी लाइसेन्सको नेपालीकरण गरिएको छ । अन्य कार्यालयले वर्षमा मुस्किलले २ सय लाइसेन्स नेपालीकरण गरिरहेको अवस्थामा सुकेधारामा ९ महिनामै २६ सय वटा लाइसेन्स नेपालीकरण गरेको छ । नेप...

‘बटरफ्लाई’ पोष्टरमा आर्यन र प्रियंकाको रोमान्टिक अवतार

‘बटरफ्लाई’ पोष्टरमा आर्यन र प्रियंकाको रोमान्टिक अवतार   पुष २८ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘बटरफ्लाई’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । ट्रेलर र ‘म गाउँदिनँ अब गीत गजल.. ’ बोलको गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहँदा निर्माण पक्षले फिल्मको रोमान्टिक पोष्टर सार्वजनिक गरेको हो ।  पोष्टरमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आर्यन र प्रियंका फिचरिङ यो पोष्टरले फिल्मप्रति झनै उत्सुकता बढाएको छ । यो जोडीले पहिलो पटक 'विग स्क्रिन'मा रोमान्स गरेका हुन् ।  फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।  पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् ।