रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ


विजय -याली
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरण तर्फ पुग्नै लाग्दा वाम गठबन्धनले प्रत्यक्ष तर्फ दुई तिहाइ सीटमा जीत हासिल गरेको छ।
हालसम्मको परिणाम अनुसार दोस्रो संविधानसभा निर्वाचनमा पहिलो बनेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २० भन्दा केही बढी स्थानमा मात्रै चित्त बुझाउनु परेको छ। दलका प्रतिनिधिहरुबाट मतगणनामा अवरोध नभएमा मंगलबारसम्म प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक निर्वाचनको मतगणना भने अझै केही दिन सम्म चल्ने बताइएको छ।

एजेण्डा
निर्वाचनको मुखैमा राजनीतिक स्थिरता र विकासलाई मुख्य एजेण्डा बनाएर गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा कतिपयको शब्दमा उत्साहजनक नतिजा ल्याएका छन्।
प्रत्यक्षतर्फ रहेको कूल १६५ मध्ये हाल सम्म १५५ निर्वाचन क्षेत्रको घोषणा भइसकेको छ।
जसमध्ये नेकपा एमालेले ७६ सीट र माओवादी केन्द्रले ३४ सीटमा गरी गठबन्धनको सीट संख्या ११० पुगेको छ, जुन प्रत्यक्षतर्फको दुई तिहाइ हो।
मतगणना बाँकी रहेका क्षेत्र मध्ये एमालेका ५ र माओवादी केन्द्रका २ उम्मेदवार अग्रस्थानमा रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख गरिएको छ।
समग्रमा २७५ जना सांसद संख्या रहने प्रतिनिधिसभामा वाम गठबन्धनलाई दुई तिहाइ पुराउन भने कठिन हुने देखिएको छ।
मतगणना
समानुपातिकतर्फ झन्डै १८ लाख मतगणना हुँदा एमाले र कांग्रेस लगभग बराबरीकै अवस्था रहेका छन्।
माओवादी केन्द्रले प्रमुख दुई दलको तुलनामा आधा जति मत पाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, "प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना भोलिसम्ममा सकिने छ। समानुपातिकको पनि गणना जारी रहेको छ। यो महिनाको अन्तिमसम्ममा सबै नतिजा सार्वजनिक गरिसक्छौं, तर त्यसका लागी दलहरु को सहयोग अनिवार्य छ।"


प्रचण्ड


सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचणचितवनबाट निर्वाचित भएको घोषणा गरिएको छ। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ठूलै अन्तरले हराएका छन्।
माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गिरिराजमणी पोख्रेलले पनि चुनाव जितेका छन्।
कांग्रेस महामन्त्री शशांक कोइराला र नेता प्रदिप गिरिले पनि विजयी बनेका छन्।
अग्रता
राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर सहित राजपा अध्यक्ष मण्डलका ५ जना सदस्य विजयी भइसकेका छन भने बाँकी एकजनाले आफ्नो अग्रता कायम राखेका छन्।
कांग्रेस नेता विजय गच्छदारको निर्वाचन क्षेत्रमा गणनाका क्रममा विवाद भए पछि गणनाको काम रोकिएको छ।
उनी आफ्ना प्रतिष्पर्धी भन्दा थोरै मतले पछाडि छन्।

Comments

Popular posts from this blog

‘बटरफ्लाई’ पोष्टरमा आर्यन र प्रियंकाको रोमान्टिक अवतार

घुस लिंदा लिंदै पक्राउ परेका नायब सुब्बा पौडेल सहीत ३ जना विभागमा तानिए , ८० हजार सम्म लिएर नक्कली लाइसेन्स वनाएको खुलासा

तीन हप्ताभित्रै ओलीको नेतृत्वमा सरकार