१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी


१६० सिटको नतिजा सार्वजनि, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणनाजारी


 



 २६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ ।
प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।
अब स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं. २, सर्लाही–४ र सुनसरी–३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी–३ मा मतगणना रोकिएको छ । निर्वाचन आयोगका अनुसार, अन्यमा अहिले मतगणना भइरहेको छ । यी क्षेत्रका नतिजा आउने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
२०७४ मंसिर २६ गते ९:०० मा प्रकाशित

Comments

Popular posts from this blog

‘बटरफ्लाई’ पोष्टरमा आर्यन र प्रियंकाको रोमान्टिक अवतार

घुस लिंदा लिंदै पक्राउ परेका नायब सुब्बा पौडेल सहीत ३ जना विभागमा तानिए , ८० हजार सम्म लिएर नक्कली लाइसेन्स वनाएको खुलासा

तीन हप्ताभित्रै ओलीको नेतृत्वमा सरकार