​बलात्कार मुद्दामा जेल बसेका ब्यक्ति कांग्रेस प्रदेशसभाका उम्मेदवार

​बलात्कार मुद्दामा जेल बसेका ब्यक्ति कांग्रेस प्रदेशसभाका उम्मेदवार 

 

काठमाडौं, १७ मंसिर । बलात्कार मुद्दामा जेल बसेका ब्यक्ति नेपाली कांग्रेस बाराको प्रदेससभाका उम्मेदबार बनेका छन् । बाराको प्रतिनिधिसभा क्षेत्र नम्बर ४अन्तर्गत प्रदेशसभा ४(क)मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि ओमकृष्ण कार्की उम्मेदबार बनेका हुन् । कार्कीलाई बारा जिल्ला अदालतले २०५२ साल भाद्र ५ गते पुर्पक्षका लागि जेल चलान गरेको थियो । कार्कीमाथि बाँके जिल्ला बस्ने एक १९ बर्षीय एक बिवाहित महिलालाई २०५२ साउन १९ गते इलामतर्फ जान पथलैया चोकमा बस  पर्खिरहेको अवस्थामा आफ्नो दाजुको गाडीमा चढाइदिने आश्वसन दिई जंगलमा लगेर बलात्कार गरेको आरोप थियो ।
कार्की सोही आरोपमा १ बर्षभन्दा बढी जेल बसेका हुन । उनले जेलमा बसेर मुद्दा लडी पछि सफाइ पाएका थिए । जेल बसेकालाई पार्टीले टिकट दिएपछि कांग्रेस कार्यकर्ता रुष्ट बनेका छन् ।




Comments

Post a Comment

Popular posts from this blog

‘बटरफ्लाई’ पोष्टरमा आर्यन र प्रियंकाको रोमान्टिक अवतार

घुस लिंदा लिंदै पक्राउ परेका नायब सुब्बा पौडेल सहीत ३ जना विभागमा तानिए , ८० हजार सम्म लिएर नक्कली लाइसेन्स वनाएको खुलासा

तीन हप्ताभित्रै ओलीको नेतृत्वमा सरकार