ट्रम्पको नाममा इजरेलमा रेलवे स्टेशन



ट्रम्प
इजरेलले पूर्वी जेरुसलेममा अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा एउटा नयाँ रेल वे स्टेशन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ।
इजरेली यातायात मन्त्री यीसरेल काट्सले ट्रम्पले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिएकोमा सम्मान व्यक्त गर्न उक्त अवधारणा ल्याइएको जानकारी दिए।
यसै महिनाको शुरुमा अमेरिकाले गरेको उक्त घोषणाले भविष्यको आफ्नो देशको राजधानी जेरुसलेम बन्ने अपेक्षा गरिरहेका प्यालेस्टिनीहरुलाई आक्रोशित बनाएको थियो।
इजरेलले वेस्टर्न वाल सहित पूर्वी जेरुसलेमलाई आफूमा गाभे पनि अन्तर्राष्ट्रिय समुदायले त्यसलाई मान्यता दिएका छैनन्।

विरोध

उक्त द्रूत गतिको रेल मार्ग निर्माण भए कुनै दिन यात्रुहरुले जेरुसलेममा 'डोनल्ड जन ट्रम्प स्टेशन' सम्म यात्रा गर्न पाउनेछन्।
उक्त रेलमार्ग वेस्टर्न वाल भनिने एउटा यहुदी धर्मावलम्बीहरुको प्राचीन मन्दिरको अवशेष रहेको स्थान नजिकैबाट इस्लाम धर्मावलम्बीहरुको तेश्रो महत्वपूर्ण तीर्थस्थल अल आक्सा मस्जिदसम्म जानेछ।
इन्जिनियरहरुले पुरानो शहरमा झण्डै दुई माइल सुरुङ खनेर उक्त रेल सञ्जाल निर्माण गरिने बताएका छन्।
एक जना बीबीसी संवाददाता भन्छन्, उक्त निर्माणको कदम र स्टेसनको नाम दुवैले विपक्षीहरुलाई आक्रोशित बनाउने निश्चित छ।

Comments

Popular posts from this blog

‘बटरफ्लाई’ पोष्टरमा आर्यन र प्रियंकाको रोमान्टिक अवतार

घुस लिंदा लिंदै पक्राउ परेका नायब सुब्बा पौडेल सहीत ३ जना विभागमा तानिए , ८० हजार सम्म लिएर नक्कली लाइसेन्स वनाएको खुलासा

तीन हप्ताभित्रै ओलीको नेतृत्वमा सरकार